Header Ads

युएईसँगको तीन एकदिसीय श्रृंखलाको उपाधि नेपाललाई

 ओपनर आसिफ शेख र ज्ञानेन्द्र मल्लको शतकीय साझेदारीमा नेपालले युएईसँगको तीन एकदिवसीय श्रृंखलाको उपाधि जितेको छ ।कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयमा भएको अन्तिम तथा तेस्रो खेलमा नेपालले पाहुना टोली युएइलाई ६ विकेटले हराउँदै श्रृंखला २–१ ले पक्षमा पारेको हो । जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४०.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेर श्रृंखलाको उपाधि घरमै राखेको हो । यसै प्रतियोगिताबाट कप्तानको जिम्मेवारी पाएका रोहित पौडेलले डेब्यू प्रतियोगितामा नै उपाधि नेपाली टोलीलाई दिलाउन सफल पनि भएका छन् ।



  यस जितसँगै विश्वकप क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नामिबिया, स्कटल्याण्ड र नेपालबीचको त्रिकोर्णात्मक श्रृंखलाको तयारीको रुपमा हेरिएको श्रृंखलाबाट नेपाली टोलीलाई मनोबल मिलेको छ । नवनियुक्त कप्तान रोहितकुमार पौडेललाई पनि सुखद् अनुभव मिलेको छ ।

No comments

Powered by Blogger.