एसिसि महिला टि २०मा नेपाल र भुटान भिड्दै
काठमाडौं, असार ३ । एसिसि महिला टि २० च्याम्पियनसिपमा आज नेपालले भुटानको सामना गर्दैछ । खेल नेपाली समयअनुसार मलेसियामा बिहान ८ः४५ बजे शुरु हुनेछ ।
च्याम्पियनसिपमा १० टोली सहभागी छन् । जसलाई दुई वटा समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन छन् ।
त्यस्तै अर्को समूहमा मलेसिया, युएई, ओमान, कतार र सिङ्गापुर रहेका छन् । समूहचरणमा शस्र्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले महिला टि २० एशिया कप छनोट खेल्नेछन् । दोस्रो खेलमा शनिवार कुवेत र तेस्रो खेलमा सोमवार बहराइन र चौथो तथा अन्तिम खेलमा मंगलवार हङकङसँग खेल्नेछ ।

Post a Comment