आजबाट चिसो मान्छे प्रदर्शनमा
नेपाली कथानक चलचित्र चिसो मान्छे आजबाट देशभरका हलहरुमा प्रदर्शनमा आउँदैछ । विदेशबाट रातो बाकसमा आएको शव लिएर काठमाडौंदेखि बाजुरासम्म यात्रा गरेका तीन पात्रको कथालाई फिल्ममा उतारिएको छ । दीपेन्द्र के खनालको लेखन तथा निर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भुमिका छ ।
चलचित्रको टिजरमा अभिनेत्री स्वस्तिमा कर्णालीको भेषभुषामा देखिएकी छिन् । डिएस डिजिटलको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेको चलचित्रमा स्वस्तिमा र अर्पणसँगै देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, संयोग रसाइली, पुष्पा अवस्थी, श्रृष्टि आचार्य, विकास खनाललगायतको पनि अभिनय रहेको छ । चलचित्रको कथा, पटकथा, संवाद तथा छायांकन निर्देशक खनाल स्वयंको हो । चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

Post a Comment