प्लाष्टिकको प्रयोगले कुमाल समुदायको पेसाको संकटमा पर्दै
२८ असोज, गुल्मी । बजारमा भित्रिएका आधुनिक प्रविधिका भाडाले यतिबेला कुमाल समुदायको माटाका भाडा बनाउने पेसा संकटमा पर्न थालेको छ ।
गाउँघरमा लोप हुँदै गएको माटाका भाडा बनाउने पेसालाई संरक्षण गर्न कुमाल समुदायले प्रयास भने जारी राखेका छन् ।
इस्मा गाउँपालिका-६ बुल्मका पदम मुखियाले पुर्ख्यौली पेसा संरक्षण गरिरहेका छन् ।
मुखियाले बुल्म प्रगतिशील सेरामिक्स उद्योग समूहबाट लिजमा लिएर पुर्ख्यौली पेसाको जर्गेना गर्दै आम्दानी पनि गरिहेका छन् ।
०७१ सालदेखि संचालनमा आएको सेरामिक्स उद्योगमा दसैं तिहार पर्व लक्षित गरेर पानस, फिल्टर, क्यान्डिल, हाँडी, घैटा, मटुला, गमला, डल्लु, कचौरा, कप, पिलेट, गिलास, भगवानका मूर्ति तथा सजावटका सामग्री बनिरहेको उनी बताउँछन् ।
सेरामिक्समा निर्माण गरिएका माटाका भाडाँहरु जिल्लाको सदरमुकाम तम्घास, पाल्पा, बुटवल लगायतका बजारमा केही मात्रामा निर्यात हुने गर्दछ ।
पदम मुखिया
उनले यसैबाट घरखर्चसमेत चलाएका छन् । बजारमा पाइने प्लाष्टिक भाडाले बजारीकरण र माटाको समस्या रहेको मुखियाको भनाइ छ ।
सेरामिक्स उद्योगलाई स्थानीय र प्रदेश सरकारले सहयोग गरेको छ । सेरामिक्सलाई अगाडि बढाउने गरी नीति इस्मा गाउँपालिका छ ।
यसवर्ष घरेलु तथा साना उद्योग कार्यालयले सेरामिक्स तालिम तथा प्रविधिमा सहयोग गर्न बजेट विनियोजन भएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख सुरेन्द्र भण्डारीले बताए ।
उनले माटोबाट निर्मित भाडाको बजारीकरण तथा मूर्तिलाई प्रत्येक कार्यालयमा राखेर प्रचार प्रसार गर्न सके यसको बजारीकरणमा समेत टेवा पुग्ने बताए ।
जिल्लाका स्थानीय तहहरुले माटोबाट निर्मित कलात्मक सामग्रीहरु मायाको चिनोको रुपमा प्रदान गर्न सकेपनि यसको बजारीकरणलाई ठूलो मदत मिल्ने भण्डारीको भनाइ छ ।
नेपाली संस्कृति झल्काउने माटाका भाडा र पेसाको संरक्षणमा लागेका गुल्मीका पदम एक उदाहरणीय पात्र बनेर काम गर्दै आएका छन् ।
from Online Khabar

Post a Comment