Header Ads

हुम्लामा बेलिब्रिजको नटबोल्ट कस्ने क्रममा चिप्लिएर कामदारको मृत्यु



हुम्लामा बेलिब्रिजको नटबोल्ट कस्ने क्रममा चिप्लिएर एक कामदारको मृत्यु भएको छ।

कर्णाली करिडोरअन्तर्गत सरिसल्लामा निर्माणाधीन बेलिब्रिजको नटबोल्ट कस्ने क्रममा चिप्लिएर मंगलबार मध्याह्न १२ बजेतिर बारा कोल्हबी नगरपालिका– ६ सनबारका २० वर्षीय सुरेश चौधरी घाइते भएका थिए। उनलाई उपचारका लागि बाजुराको कोल्टी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हुम्ला प्रहरी प्रमुख डिएसपी भीमलाल भट्टराईले जानकारी दिए।


नटबोल्ट कसिरहेको वेला पुलको ड्यामबाट चिप्लिएर टाउको र ढाडमा चोट लागेका चौधरीलाई स्थानीयले उद्धार गरी सरिसल्लास्थित हिमाल हेल्थ पोलिक्लिनिकमा सामान्य उपचारपछि थप उपचारका लागि कोल्टी अस्पताल बाजुरा रिफर गरिएको थियो।


हुम्ला सदरमुकाम सिमकोट जोड्ने कर्णाली करिडोर सडकअन्तर्गत सर्केगाड र चंखेली गाउँपालिकाको सरिसल्लामा तत्कालका लागि बेलिब्रिज जडान गरी आगामी फागुनभित्र सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने लक्ष्यका साथ पुल जडानको काम द्रुतगतिमा भइरहेको छ ।

No comments

Powered by Blogger.