मौसम बदली : पहाडी जिल्लामा वर्षा, हिमाली क्षेत्रमा हिमपात हुने
https://ift.tt/YnXwuSv
from Online Khabar https://ift.tt/5KBOoxu
via IFTTT
१४ कात्तिक, काठमाडौं । पहाडी र हिमाली क्षेत्रका मौसम बदली भएको छ ।
केही दिन पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा हुने र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छभने उच्च पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
बुधबार र बिहीबार पनि देशभर आंशिक बदली भई केही ठाउँमा वर्षा र हिमपातको हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
from Online Khabar https://ift.tt/5KBOoxu
via IFTTT
Post a Comment