जात नमिलेको भन्दै कोठा भाडामा नदिने घरबेटीविरुद्ध प्रहरीमा उजुरी दर्ता
काठमाडौं । जात नमिलेको भन्दै कोठा भाडामा नदिने घरबेटीविरुद्ध जाहेरी परेको छ । सञ्चारकर्मी रूपा सुनारले प्रहरीमा जाहेरी दिएकी हुन् ।
सञ्चारकर्मी सुनारले आफुलाई तल्लो जात भन्दै कोठा नदिने काठमाडौं महानगरपालिका–११ बबरमहलकी सरस्वती प्रधानविरुद्ध बिहीबार महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दर्ता गराएकी हुन् ।
उनले आफूमाथि भएको विभेदविरुद्ध अधिकारकर्मी , पत्रकार र कानून व्यावसायीको उपस्थिती र छलफल जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन, २०६८ अनुसार प्रहरीमा जाहेरी दर्ता गराएको जानकारी हुन् । आफूलाई तल्लो जातको भन्दै प्रधानले कोठा भाडामा नदिएको पीडित सुनारको गुनासो रहेको छ ।
कोठा दिन अस्वीकार गर्ने घरबेटीविरुद्ध कारबाही हुनु पर्ने उनको माग रहेको छ । मंगलबार उनी साथीसँग कोठा खोज्न प्रधानको घरमा पुगेकी थिईन् ।
प्रधानको घरमा कोठा खाली थियो । कुराकानी पछि कोठा दिन मन्जुर भएको, कोठा दिइसकेपछि घरधनी प्रधानले कुन थरको भन्ने प्रश्न गरेको उनले बताइन् ।
जवाफमा सुनारले ‘कामीकी छोरी’ भनेकी थिइन् । जवाफ सुन्ने बित्तिकै घरधनी प्रधानले अनकनाउँदै साँझ फोनमा जानकारी दिने भनेर फर्काएकी थिइन् ।
साँझमा रुपासँगै गएकी साथीलाई फोन गरेर यस्तो मान्छे किन ल्याएको भन्दै जवाफ फर्काएको बताइएको छ । प्रधानले सुनारकी साथिसँग त्यस्ता (दलित)लाई कोठा दिन नमिल्नै भन्दै जवाफ दिएकी थिइन् ।
घरबेटीको घरमा कोठा खाली भएपछि रुपाकी साथीलाई कोठा बस्ने मान्छे समेत लिन आग्रह गरेकी थिईन् । गायिका समेत रहेकी रुपाले सामाजिक सञ्जालाल फेसबुकमार्फत यसको जानकारी दिएकी छिन् ।
उनले लेखेको स्टाटस यस्तो छ :
म माथी भएको जातीय विभेदको घटनालाई कानुनी रुपमा अगाडी बढाउने क्रममा म आवद्ध भएको लगायत अन्य संघ संगठन, देश—विदेशमा रहनुभएका न्यायप्रेमी व्यक्तिहरुले चासो, सुझाव र साथ दिइरहनुभएकोमा मेरो आत्मवल बढेको छ । म सबैप्रति आभारी छु ।
यसै क्रममा केही साथीहरुले कानुनी रुपमा अघि बढ्नका लागि आर्थिक सहयोग गर्छु भनेर पनि फोन, म्यासेज गरिरहनुभएको छ । उहाँहरुको यो साथले कानुनी लडाईं लड्नका लागि झनै हौसला मिलेको छ ।
तर यो घटनामा हामीलाई आर्थिक सहयोगको आवश्यकता नपरेको जानकारी गराउँदै यो मुद्दाका निम्ति आर्थिक सहयोग नदिन र नलिन अनुरोध गर्दछु । बरु नैतिक साथ सहयोग यसैगरि दिइरहनुहुन अनुरोध गर्दछु । धन्यवाद । साभार श्राेतः जनबाेली

Post a Comment